हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

 राष्ट्रपतिलाई भेटन शीतल निवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका छन्। सर्वोच्च अदालतको फैसलाका कारण राजनीतिक पराजय भोगेका ओलीको राष्ट्रपतिसँगको यो पहिलो भेट हो। ओली साँझ ७ बजे शीतल निवास भेटका लागि पुगेका हुन।

Advertisement

सर्वोच्चले संसद् पुर्नस्थापना गरेपछि चौतर्फी रुपमा राजीनामा मागिएको बेलामा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Advertisement

सर्वोच्चको आदेश अनुसार फाल्गुन २४ गतेभित्र संसद बैठक बोलाउनु पर्ने बाध्‍यतामा ओली छन् । उनको सामू राजीनामा या संसदको फेस गर्ने दुई शर्तमात्र बाँकी छन् । आफ्नै समूहका नेताहरुले पनि राजीनामा दिन सुझाएको बेलामा ओली शितलनिबास पुग्दा कतै उनले राजीनामा त बुझएनन् भन्ने चर्चा शुरु भएको छ । यसबारे राष्ट्रपति कार्यलयले आधिकारिक जानकारी दिएको भने छैन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)