समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा चीन नेपालमैत्री औद्योगिक पार्क शिलान्यास: संसदमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेर देखाउन ओलीको चुनौति

प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–नेपाललाई संसदमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेर देखाउन चुनौति दिएका छन् । झापामा चीन नेपालमैत्री औद्योगिक पार्कको आइतबार शिलान्यास गर्दै ओलीले भने,‘पहिला पनि फेस गरेकै हुँ, जनताबाट दुई तिहाई लिएर प्रधानमन्त्री बनेको हुँ। अविश्वास पास गर्नुभएछ भने फेरि पनि दुई तिहाई लिएर आइनेछ।’

Advertisement

उनले देशभर विकासको लहर चलेको दाबी गरेका छन्। आफ्नो नेतृत्वको सरकारले पुल, बाटो तथा औद्योगिक क्षेत्र निर्माणमा चमत्कार नै गरेको दाबी गरे।

Advertisement

केहि मानिसहरू विकासको लहर चलेको देखेर जलेको भन्दै ओलीले ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ को नारा सार्थक बनाउन संकल्प लिएको बताए। ओलीले भने, ‘मैले विश्वास लिएको छु स्थानीय तह र राजनीतिक दलले सबैको साझा उपलब्धि बुझेर सबै पक्ष समावेश हुनेछन्। सहयोगी हात बढाउनेछन् भन्ने विश्वास लिएको छु।’

अन्य पुलहरू पनि उद्घाटन गर्दै जाने भन्दै उनले ३१ वटा पुल शिलान्यास गर्ने बताए। जसमा पाँच वटा उद्घाटन गरिने उनले जानकारी दिए। ‘चुनावमा आउँदा खोलो देखाइदिनुस् पुल बन्छ भनेको थिएँ। बाटोको ठाउँ देखाइदिनुस् बाटो बन्छ भनेको थिएँ’ ओलीले भने। उनले अघिल्लो पालामा पनि विकास गरेको भन्दै त्यसको उदाहरण पनि दिए।

देशभर कालोपत्रे सडक धेरै बनेका भन्दै उनले ठूलाठूला सडक बन्दै गएको केही तथ्यांक पनि प्रस्तुत गरे। अब पक्की बाटो देख्न राजमार्ग जान नपर्ने भन्दै उनले पहिला खोलामा फड्के तर्नुपर्ने अवस्था अहिले नरहेको जिकिर गरे।

‘आज ती बाटा पिच भएका छन्। यहाँ केके परिवर्तन भएका छन् मैले भन्न पर्दैन। एकै दिन तीन सय अस्पताल शिलान्यास भएका छन्। फुसका छाना हटाएर टिनका छाना लगाइएको छ,’ सुकुमबासीलाई घर बनाएर हस्तान्तरण गरिएको पनि उनले दाबी गरे।

देशभरिबाट आज तुइन विस्थापित भएको पनि उनले दाबी गरे। बाटाघाटा, विद्यालय, खानेपानी, अस्पताल बनाएर उधुमको विकास गरिएको पनि उनले बताए। कोभिड नियन्त्रण गर्दै भारत र चीन दुवै देशबाट खोप ल्याएको पनि उनले त्यसक्रममा जानकारी गराए।

नेपाल अब गरिब देशबाट स्तरोन्नतिका लागि सिफारिस भएको ओलीले बताए। सन् २०२६ सम्म नेपाल विकाशील देश बन्ने उनले दाबी गरे। नेपालले थुप्रै देशभन्दा अगाडि बढेको भन्दै दक्षिण एसियामा सबैभन्दा विकसित देश नेपाल भएको पनि दाबी गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article