हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गरिबिसंग बिश्वेश्वर हल्दिवारीले १५ महिलालाई स्वरोजगार बनाउदै

हल्दिवारी गाउँपालिका ३,४ र ५ वडाका १५ जना अति बिपन्न महिलाहरुलाई गरिबिसंग बिश्वेश्वर कार्यक्रम मार्फत आत्म निर्भर बनाउन लागिएको वडा अध्यक्ष होम प्रसाद चुडालले बताउनु भएको छ ।

Advertisement

आज हल्दिवारी ४ को वडा कार्यलयमा हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनले गरिबिसंग बिश्वेश्वर कार्यक्रम मार्फत महिला हरुलाई आत्मनिर्भर बनाउन सेनिटर प्याड ,डाइफर तथा झोला बनाउने विशेष तालिमको उदघाटन गर्दै तालिम लाई व्यवहारमा उतार्न सहभागीलाई आह्वान गर्नु भएको छ ।

Advertisement

वडा नम्बर ४ का अध्यक्ष होमप्रसाद चुडालको सभापतित्वमा भएको कार्यक्रममा अघिल्लो आर्थिक बर्ष तालिम लिएका गरिब तथ बिपन्न परिवारका महिला लाई आर्थिक सहयोग सहितको विशेष तालीमको आयोजना गरिएको बताईएको छ।

१५ दिन सम्म संचालित तालिम पश्चात् उनीहरुलाई व्यवसायी बनाउन वडा तथा गाउँपालिकाले सहयोग पुर्याउने बताईएको छ । करिब ३ लाख रुपैयाँ को लागत खर्चमा उनीहरुलाई तालिम दिन लागिएको गरिव संग बिशेस्वर कार्यक्रम संयोजक मिना उप्रेतीले बताउनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)