समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी/ताप्लेजुङको दोभान बजार क्षेत्रमा भीषण आगलागी भएको छ।तमोर नदीको किनारमा ताप्लेजुङको पुरानो बजार दोभानमा आज बिहान आगलागी भएको हो।

Advertisement

आगो अझैं धेरै हदसम्म नियन्त्रणमा आएको र केहीबेरमा पुरै नियन्त्रणमा आइसक्ने प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए। आगलागी ४० देखि ५० घर जलेर पूर्णरुपमा क्षति भएको प्रारम्भिक अनुमान छ।

Advertisement

‘आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले कति घर भनेर एकिन गर्न सकिने अवस्था छैन तर स्थानीयका अनुसार ४०–५० घर पूर्णरुपमा जलेका छन्।’ प्रमुख जिल्ला अधिकारी चापागाईँले भने। ‘आगलागीबाट के कति क्षति भयो भन्ने अनुमान गर्न सकिएको छैन तर मानवीय क्षति भने भएको छैन्।’-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article