स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीका ५५ बर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाईदै 

” स्वास्थ्य समृद्धि र सुरक्षा ,कोभिड – १९ खोपले गर्छ रक्षा ” भन्ने मुल नाराका साथ हल्दिवारी गाउँपालिकाका सबै वडामा रहेकोे खोप केन्द्रमा कोरोना भाइरस विरुद्धको खोप लगाईने भएको छ।

Advertisement

आज हल्दिवारी गाउँपालिकामा भएको पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनु भएको छ।

Advertisement

यस पालिको खोप अभियानमा ५५ बर्ष माथिका सबै हल्दिवारी बासी , विद्यालयका शिक्षक ,कर्मचारी ,भाडाका सवारी चालकहरु ,४० बर्ष माथिका दीर्घ रोगीहरु ,पहिलो चरणमा छुटेकाहरुले खोप लगाउने अभियान भएको निरौलाले बताउनु भयो । अभिमुखिकरण कार्यक्रममा अभियान लाई सफल पार्न सबैले सहयोग पुर्याउनु पर्नेमा जोड दिईएको थियोे ।

गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन र वडा अध्यक्ष राजेन्द्र योङ्हाङ्ले अभियानलाई जनप्रतिनिधि हरुले सहयोगका साथ सफल पार्न लागि पर्नु पर्ने बताउनु भएको थियोे ।यहि फाल्गुन २३ देखि २७ गते सम्म हल्दिवारीका ४६ सय लक्ष्यित नागरिकलाई खोप लगाउन लागेको हो ।

यश अभियानलाई सबैले आफ्नै कार्यक्रमको रूपमा प्रचारप्रसार तथा सहयोग पुर्याउनु हुन हल्दिवारी डटकम परिवार हार्दिक आह्वान समेत गर्दछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article