हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हेलिकप्टर चढ्न मानेनन् विप्लव, गाडीमै काठमाडौं आउँदै

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्। गृह मन्त्रालयले ‘विप्लव’ का लागि हेलिकप्टरको व्यवस्था गरेपनि उनी गाडीमै विहीबार बेलुका काठमाडौं आइपुग्ने भएका हुन्।

Advertisement

‘गृहमन्त्रीले हेलिकप्टरबाटै विप्लवलाई काठमाडौं ल्याउने प्रस्ताव राख्नुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘उहाँ (विप्लव)ले हेलिकप्टरमा चढ्न नमानेपछि ‘क्यान्सिल’ गरियो, उहाँ आफैँ गाडीको व्यवस्था गरेर आउने कुरा भएको छ।’

Advertisement

गृहमन्त्रीले ‘विप्लव’ लाई हेलिकप्टरबाट काठमाडौं ल्याउने प्रस्ताव राखेपछि उनले पार्टीमा सल्लाह गरेर हेलिकप्टर नचढ्ने निष्कर्षमा पुगेको एक नेताले बताए।

‘सरकारको तर्फबाट महासचिव कमरेडलाई जहाँ जुनसुकै अवस्थामा भएपनि हेलिकप्टरबाट लग्ने प्रस्ताव आयो,’ ती नेताले भने, ‘हेलिकप्टर चढेर जाँदा आमजनतामा राम्रो सन्देश नजाने भएपछि गाडीमै जाने निर्णय भयो।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)