हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आचार्य तथा समिति अभ्यास वर्ग २ दिने प्रशिक्षण हल्दिवारीमा समापन

हल्दिवारी – जनकल्याण प्रतिस्ठान एकल विद्यालय रास्टिय अभियानको आयोजनामा हल्दिवारी ४ स्थित सिध्दि दात्री दुर्गा मन्दिर को प्राङ्गणमा २ दिने आचार्य तथा समिति अभ्यास वर्ग प्रशिक्षण आज रास्टिय बिकास प्रमुख बिरेन्द्र बुढाथोकीले समापन गर्नु भएको छ।

Advertisement

एकल विद्यालय अभियान जलथल तथा भद्रपुर सन्चमा रहेका आचार्य तथा समितिका ३० जना स्वयंसेवक कार्यकर्ताले तालिमना भाग लिएका थिए । एकल विद्यालय ( बाल सस्कार केन्द्र ) अभियानका रास्टिय प्रशिक्षक सुनिल खवासले उनिहरुलाई २ दिन सम्म वर्ग अभ्यास सम्बन्धि प्रशिक्षण दिनु भएको थियोे ।

Advertisement

जनकल्याण प्रतिस्ठानले नेपालका ५२ जिल्ला तथा २२ सय स्थानमा बिना भेदभाव हिन्दु धर्म सस्कृती ,तथा सस्कार सम्बन्धि एकक विद्यालय संचालन गर्दै आएको छ ।

सानासाना नानिहरुलाई नैतिक शिक्षा सिकाउदै सस्कारी बनाउने एकक विद्यालय अभियानको मुल उदेश्य रहेको रास्टिय बिकास प्रमुख बिरेन्द्र बुढाथोकीले बताउनु भएको छ । दुई दिन सम्म संचालित कार्यक्रमलाई अभियान

का एक नम्बर प्रदेश उपाध्यक्ष पण्डित सिमनाथ सुवेदी र प्रतिस्ठान एकल अभियान झापा जिल्ला प्रमुख योगमाया नेउपाने ( बस्नेत ) ले सहजीकरण गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)