सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड–नेपाल समूहको अन्तिम बैठक तत्कालीन माओवादीको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको छ। सोमबारको बैठक सम्भवतः अन्तिम भएको प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्चको फैसलासँगै कि नयाँ नाममा पार्टी दर्ता गर्नुपर्ने कि त तत्कालीन एमाले र माओवादी केन्द्रकै नाममा पार्टी रहने भनिएपछि तत्काल नयाँ नाममा एकीकृत पार्टी दर्ता हुन नसक्ने अवस्था रहेकाले दुबै समूह पुरानै पार्टीमा लाग्ने भएका छन् । जसअनुसार माधव नेपाल समूह एमालेतिरै र प्रचण्डलगायतका पूर्वमाओवादी धारका नेताहरु माओवादीतिरै लाग्ने भएका हुन् ।


अब एमाले र माओवादी गरी फरक फरक पार्टी भएकाले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा छलफल भइरहेको पनि श्रेष्ठले बताए ।