राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमाले र जसपाबीच सत्ता साझेदारी- दुबैले बनाए बनाए वार्ता टोली

सत्ता साझेदारी प्रयासका लागि सत्तारुढ नेकपा एमालेले पहल सुरु गरेको छ । प्रतिनिधि सभामा बहुमतका लागि १७ सिट अपुग रहेको संसदको सबैभन्दा ठूलो दल एमालेले अन्य दलसँग वार्ता प्रयास सुरु गरेको हो । एमालेले उपमहासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङ रहेको दुई सदस्यीय वार्ता टोली बनाएको छ ।

Advertisement

Advertisement

एमालेको पहिलो प्राथमिकतामा जनता समाजवादी पार्टी (जसपा) परेको छ । संसदमा एमालेको १२१ र जसपाको ३४ सिट छ । प्रतिनिधि सभामा बहुमतका लागि १३८ सिट आवश्यक पर्दछ ।

एमालेले वार्ता टोली बनाएरलगत्तै जसपाले नयाँ सरकार गठनलगायतका विषयमा सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न दुई सदस्यीय समिति गठन गरेको छ । वार्ता टोलीमा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article