हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरकारमा जाने  विषयमा जसपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय ?

नयाँ सरकार निर्माणका लागि केन्द्रविन्दुमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले संसदका मुख्य तीन राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ। विहीबार बसेको जसपा सचिवालयको बैठकले राजनीतिक संकट समाधानका लागि सत्तारूढ एमाले, सत्ता समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने निर्णय गरेको हो ।

विहीबार बसेको जसपाको सचिवालय बैठकमा वर्तमान राजनीतिक संकट समाधानका विषयमा छलफल भएको नेताहरूले बताएका छन् । प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदारीका लागि जसपासँग औपचारिक आग्रह गरिसकेका छन् । जसपाले आफ्ना माग सम्बोधन भएपछि सत्ता सहकार्यका विषयमा छलफल गर्ने बताउँदै आएको छ ।

Advertisement
जसपाले रेशम चौधरीलगायत मधेस आन्दोलन र थरुहट आन्दोलनका बन्दीहरूको रिहाई तथा मुद्दा फिर्ता, संविधान संसोधनलगायत माग राख्दै आएको छ । बैठकमा सचिवालयक नेताहरू जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतो उपस्थित थिए ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)