हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता : ” खोजी “

दयानन्द गोस्वामी  

Advertisement

अति स्तब्ध सुनसानमा
एउटा निकृष्ट कालो छाया,

Advertisement

कुटिर आश्रय खोजीरह्यो
गुमसुम झैं पथ विहीन,

कुनै पदचिह्न पहिल्याउंँदै
समयका अपठ्याराहरु,

व्यथाहरु नी कम थिएन
आशा त प्रवल नै थियो,

जीवन्त मुद्रा खोजीरह्यो
अती संकीर्ण त्यो रातमा,

घायल भै सरह हातहरु
व्यथित मुटुलाई सजाउँदा,

शितल ओत खोजीरह्यो
सजगता अन्तर बाट नै,

मानौं स्मृति मा रंग भर्यो
स्थुल मा अती तरंग ल्यायो

चित्र विहीन त्यो संसारमा
सरस जीवन खोजीरह्यो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)