स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अस्पतालमा बन्धक बनाएको आफ्नो बच्चा लिएर भागे आमाबाबु

हल्दिबारी न्यूज डेक्स-
चन्द्रगढी चैत्र ५/ दुर्घटना गराउने पक्षले उपचार खर्च नबेहोरेपछि विराटनगरको एउटा अस्पतालबाट बच्चा लिएर बाबुआमा भागेका छन् ।
दुर्घटनामा परेर घाइते बनेका तीन वर्षीय बालक कार्तिक सदालाई लिएर बाबु जगदीश र आमा गेनादेवी विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालबाट भागेका हुन् ।
सिरहा नगरपालिका–१४ खिरौनाका कार्तिकलाई मंसिर २० गते सिरहा–१३ का वडाध्यक्ष सचिन साहको ज२त ७०३ नम्बरको ट्याक्टरले सिरहा–१४ लबटोलीमा ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।अस्पतालका प्रशासन प्रमुख पदम विनाडीका अनुसार अत्यन्तै नाजुक अवस्थाका नाबालकलाई उपचारका लागि ल्याइएको थियो । ‘टाउकाको शल्यक्रिया गरेर बच्चालाई बचाउनसम्म सकियो,’ विनाडीले भने, ‘तर प्रतिबद्धताअनुसार दुर्घटना गराउने पक्षले उपचारबापतको खर्च नतिरिदिएपछि बच्चालाई लिएर बाबुआमा भागेछन् ।’
नाबालकको दाहिने आँखाको दृष्टि गुमेको छ । आवाज बिग्रिएर राम्ररी बोल्नै सक्दैनन् ।माघ १६ गते नै डिस्चार्ज गरिदिए पनि उपचारबापतको सबै पैसा नतिरेको भन्दै घर लैजान नदिएर नाबालकलाई डेढ महिना अघिदेखि अस्पतालमै बन्धक बनाइएको थियो ।
प्रशासन प्रमुख विनाडीका अनुसार अस्पतालमा उपचारबापत सात लाख १९ हजार आठ सय २८ रुपैयाँ खर्च भएको छ । जसमा वडाध्यक्ष साहले तीन लाख ५१ हजार सुरुमै तिरिदिएका थिए । तीन लाख ६८ हजार आठ सय २८ रुपैयाँ तिर्न बाँकी छ । औषधिको ८८ हजार र होटलमा खाना र नास्ताको ६० हजार रुपैयाँ पनि तिर्न बाँकी नै छ ।-देबेन्द्र आलोक

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article