समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

महान्यायाधिवक्तामा खरेलको राजीनामा,बडाल नियुक्त

काठमाडौं – सरकारले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गरेकी हुन् ।

Advertisement

राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेपछि उनलाई नियुक्त गरिएको हो ।

Advertisement

निवर्तमान महान्यायधिवक्ता अग्नी खरेलले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेलगत्तै सरकारले महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरेको जनाइएको छ ।

प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका बडाल ओली निकट कानुन व्यवसायी मानिन्छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article