हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

गृहमन्त्री थापा एमाले संसदीय दलको बैठकमा  उपस्थित

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित सांसद एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । प्रधामनन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा बादल सहभागी भएका हुन् ।

औपचारिक रूपमा उनी माओवादी केन्द्रका सांसद हुन् । माओवादी परित्याग गरेका थापा एमालेको केन्द्रीय सदस्य मनोनित भइसकेका छन् । एमाले प्रवेश गरेका थापाले बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

Advertisement
आजको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । उनी यसअघिको बैठकका उपस्थित थिएनन् । माधव नेपाल र झलनाथ खनाल पक्ष भने शनिबार पनि संसदीय दलको बैठकमा उपस्थित छैन ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)