समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

गाडिएको अवस्थामा भेटिए झा दम्पती

काठमाडौं । एक महिनाअघि ओछ्यानसहित बेपत्ता महोत्तरी पिपरा–५ का झा दम्पत्तीको शव भेटिएको छ । ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीको बिहीबार शव भेटिएको हो । पिपरा गाउँपालिका–२ स्थित बाटो छेउको पोखरी नजिकै पाँच फिटको खाल्डो खनेर गाडिएको अवस्थामा उनीहरूको शव भेटिएको प्रदेश–२ प्रहरीले जनाएको छ ।

Advertisement

झा।दम्पतीका आफन्तले उनीहरूको सनाखत गरिसकेका छन्। मुसाफिरले लगाएको टिशर्ट र गीतादेवीले लगाएको कपडा, पोते र चुराले पहिचान भएको प्रहरीले जनाएको छ ।गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट झा दम्पतीलाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित वेपत्ता पारिएको थियो।

Advertisement

बेपत्ता भएका दम्पत्ति अपहरण अभियोगमा प्रहरीले यसअघि चार जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ। पक्राउ पर्नेमा पिपरा गाउँपालिका–५, का ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र पिपरा–६ बस्ने भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर छन्।

उनीहरुविरुद्ध चैत ५ गते झा परिवारले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article