समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

दुर्गाप्रसादले पाए नेपाली नागरिकता

काठमाडौं । भारतको जेलमा ४० वर्ष बसेर नेपाल फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् ।

Advertisement

बिहीबार जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको हो । दुर्गाप्रसादलाई तत्काल नागरिकता दिएर उपचार गराउने प्रदेश सरकारको निर्णय अनुसार उनलाई नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

Advertisement

उनलाई सहायक प्रमुख जिल्ला अधिकारी धरेन्द्र चापागाइ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article