हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं-नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ।आज शुक्रबार राति साढे ८ बजे उनको निधन भएको दाजु राजुराज जोेशीले जानकारी दिए।जोशी पछिल्लो महिना मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचाररत थिए।

Advertisement

संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ८बाट निर्वाचित नेपाली कांग्रेसका सभासद जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर हुन्। २०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा होमिएका ५२ वर्षीय जोशीले नेपाल विद्यार्थी संघको काठमाडौँ जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी सम्हालिसकेका छन्।

Advertisement

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका जोशीका राजनीतिक लेखरचना पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। उनी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)