समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको अन्त्येष्टि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको अन्त्येष्टि गरिएको छ ।पशुपति आर्यघाटमा अन्त्येष्टिका लैजानुअघि उहाँको शवलाई बिहान ११ बजेसम्म उहाँकै निवास वसन्तपुरको याट्खा र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको थियो ।

Advertisement

कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा जोशीका शुभेच्छुकले सानेपामा गएर जोशीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।जोशीप्रति श्रदाञ्जली अर्पण गर्दै उनीहरुले देशले एक इमान्दार व्यक्तिलाई गुमाएको बताए । उनीहरुले जोशीको योगदानलाई स्मरण पनि गरे ।

Advertisement

मष्तिष्कघात भइ काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत जोशीको गएराति निधन भएको हो । भेन्टिलेटरको सहयोगमा उपचाररत जोशीको हिजो बिहानदेखि नै मुटुले काम गर्न छाडेको थियो ।पूर्व उद्योगमन्त्रीसमेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता हुनुहुन्थ्यो । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article