साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता : महान पर्व होली

  • राज कुमार कार्की

आयो दुई हजार सतहत्तर सालको महान पर्व होली।
पहाडमा आज मनाइन्छ तराईमा मनाइन्छ है भोलि।।

Advertisement

फागुन शुक्ल पूर्णिमाकै दिन पर्दछ जहिले होली।
विकृति आयो हान्दछन् फोहोर पानी आजभोलि।

Advertisement

घर -घर बाट निक्लिएर एक आपसमा रंग लगाइ होली।
हिन्दू राष्ट्रमा मात्रै होइन अरुले पनि मनाउन थाले आजभोलि।।

विदेशीले काठमाडौको वसन्तपुरमा रङ लगाइ नाचेको देख्दा।
हर्षले गद्गद हुन्छ यो कवि झन दुइ चार शब्दमा लेख्दा।।

हिन्दूहरु कति भाग्यमानी छन् हजुर चार वेदका धनी।
यसैबाट सिकेर आविष्कार गर्‍यो सब बिज्ञानले पनि।।

त्रेता युगमा हिरण्यकशिपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्न
हुकुम गर्‍यो बहिनी होलिकालाई लिएर साथ दन्किरहेको आगोमा पार्न

भस्म भइन ब्रह्माबाट आगोले नपोल्ने वरदान पाएकी होलिका।
खुसियालीमा रङ लगाइ नाचगान गर्दै मनाउदैछौ मानव आजभोलिका।।

भस्म भएनन् हीरण्यकश्यपु छोरा विष्णुभक्त प्रह्लाद हेरि।
जलेर भस्म भइन केवल आफ्नी बहिनी होलिका मात्रै फेरि।।

यसैको खुसियालीमा रङ लगाइ मनाइयो होलि पर्व फेरि।
नीलो रंगले मानवता धैर्यता पहेलो कृष्ण प्रिय रातो शौभाग्यको हेरि।

रिस राग बिर्सने पर्वका रूपमा मनाइने विशेषता हुन होलिका।
विकृतिको रुपमा होली पर्व मनाउछ्न् मनुवाहरु आजभोलिका।।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article