हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

साउनदेखि सामाजिक सुरक्षा भत्ता बढ्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् ।
मंगलबार रिपोटर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि भत्ता बढ्ने घोषणा गरेका हुन् ।

Advertisement

“साउन १ गतेबाट लागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ । कसैलाई आपत्ति लाग्ला,” उनले भने ।यस्तै ओलीले अहिले मुलुकमा कुनै संकट नरहेको दावी गरेका छन् ।मुलुक र जनतालाई अहिले कुनै पनि संकट नरहेको बताउँदै उनले भने, ‘देश संकटमा छ भनेर गलत प्रचार भइरहेको छ । खै कहाँ छ संकटरु जनतालाई संकट छ कि किसानलाई संकट छ कि रु तर म त कहीँ संकट देख्दिनँ ।’

Advertisement

प्रधानमन्त्री ओलीले पात्रहरुलाई निजी संकट हुनसक्ने बताउँदै भने, ुदेउवा, प्रचण्ड र माधवजीहरुलाई संकट परेको होला । तर देशलाई र संविधानलाई संकट छैन ।फागुन २३ मा सर्वोच्च अदालतको फैसला आउनुअघि नै नेकपाको एकता भंग भइसकेको उनले दावी गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)