समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पाँचथरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी चैत्र २८ / पाँचथर याङबरक गाउँपालिका–३ मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३६ वर्षीय फूलकुमार राईको मृत्यु भएको हो।

Advertisement

बुधबार(आज) बिहान फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे १ ज ३५६ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल झरेको थियो।दुर्घटनामा गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

जिपमा सवार २२ वर्षीय आषिश राईको बिएन्डसी अस्पताल विर्मामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article