विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई पक्राउ

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी चैत्र १८ : युवतीलाई बन्धक बनाई यौन धन्दा चलाएको आरोपमा दमकबाट दुईजना महिला पक्राउ परेका छन्।
साथै‚ प्रहरीले घटनास्थलबाट १७ देखी ३९ वर्ष उमेर समूहका आठजना युवतीलाई उद्धार समेत गरेको छ। बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा मोरङ पथरीशनिश्चरे नगरपालिका-३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका-४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बुलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। उनीहरुले दमक नगरपालिका-६ स्थित नयाँ सब्जी मन्डीमा घर भाडामा लिएर युवतीहरूलाई बन्धक बनाएर यौन धन्दा चलाउँदै आएको प्रहरीको भनाइ छ।
उक्त घर नेम्बाङको हो। पीडित महिलाहरूले आफूहरु कामको खोजीमा दमक आएको र काम दिन्छु भन्दै बन्धक बनाएर यौन शोषण गराउँदै आएका बताएका प्रहरीले बताएको छ। उद्धार गरिएका युवती तथा महिलाहरूलाई झापा जिल्ला अदालत भद्रपुरमा पेस गरी आफन्तजनलाई जिम्मा लगाइसकेका छन्।
पक्राउ परेका नेम्बाङ र लिम्बुलाई मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थपेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको डिएसपी थापाले बताए।-प्रमुख समाचारदाता
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article