स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

चीनबाट ल्याएको कोरोना खोप ४० वर्ष माथिकालाई दिइने

सरकारले चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने तयारी छ ।

Advertisement

उनीहरुका लागि मन्त्रालयले फरक कार्डको व्यवस्था गर्नेछ । चीन सरकारले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको छ ।

Advertisement

ती खोप चैत १६ गते नेपाल ल्याइएको थियो । चिनियाँ खोप लगाउने विषयमा खोप सल्लाहकार समितिबाट परामर्श लिएर छिटै निर्णय गर्ने गौतमले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article