रेखा घिमिरे – सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

२० मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको स्थानीय ले बताएका छ्न । अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुर सहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको संखुवासभा बाट रेखा घिमिरेले बताएकि छ्न ।