समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापा सिमा क्षेत्रमा ब्राउन सुगरसहित तीन जना पक्राउ

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी, चैत्र २० / झापाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट बिहीबार राति साढे ८ बजे ब्राउन सुगरसहित ३ जनालाई पक्राउ परेका हुन् ।

Advertisement

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० वर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ वर्षीय विनोद राजवंशी र २४ वर्षीय गोबिन्द राजवंशी रहेका छन् ।

Advertisement

उनीहरूको साथबाट ब्राउन सुगर नौ ग्राम ११० मिलिग्राम र डिजिटल तराजुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article