हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सगरमाथा आरोहणका लागि एकैदिन २६ जनाले लिए अनुमति

sagarmatha

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी चैत्र २०/वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बिहीबार एकैदिन २६ जनाले अनुमति लिएका छन् ।

Advertisement

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि आज तीन वटा टोलीका २६ जनाले अनुमति लिएका हुन् । यसमध्ये १९ जना पुरुष र सात जना महिला रहेका छन् । अहिलेसम्म ७२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका विभागकी प्रवक्ता मीरा आचार्यले जानकारी दिए ।

Advertisement

वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि २० टोलीका एक सय ५१ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये एक सय चार जना पुरुष र ४७ जना महिला रहेका छन् र अनुमतिबापत विभागले अहिलेसम्म १० करोड ५३ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।-प्रमुख समाचारदाता

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)