स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारिमा ३० हजार नागरिकलाई हात्ती पाईलेको औषधि खुवाउने

हल्दिवारी – हल्दिवारिमा हात्ती पाईले रोगविरुद्ध को १० औं पटकको आम औषधि खुवाउने अभियान आजबाट शुरु भएको छ। गाउँपाकिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन ,उपाध्यक्ष डम्बरबहादुर गिरि ,प्रमुख प्रसाशकिय अधिकृत प्रवीण दाहाल वडा अध्यक्ष हरु राजेन्द्र योङहाङ ,रेडक्रस सभापति कर्णखर प्रसाई , स्वास्थ शाखा प्रमुख पुस्कर निरौला लगायत ले एकसाथ औषधि सेवन गरेर अभियानको शुभारम्भ गरेका हुन ।
हल्दिवारि गाउँपालिका का सबै वडा मार्फत ३० हजार हल्दिवारि बासिलाई औषधि खुवाउन लागिएको स्वास्थ प्रमुख निरौलाले बताउनु भयो । उनका अनुसार चैत २९ गते सम्म औषधि खुवाउने कार्यक्रम रहने छ ।
निरौलाका अनुसार ७ दिनसम्मकि सुत्केरी ,२ बर्ष मुनिका बालबालिका र सिकिस्त बिरामी बाहेकका सबैलाई अनिवार्य औषधि सेवन गर्न आग्रह गर्दै औषधि खुवाउने छ्न ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article