समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मोरङ र झापाबाट लागुऔषधसहित दुई पक्राउ

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी , प्रहरीले मोरङ र झापाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २५ वर्षीय अमृत मग्रातीलाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार मग्रातीको साथबाट एभिल, लुपिजेसिक, डाइजेल्याप, फेनारगनसमेतका लागुऔषध बरामद भएका छन् । त्यस्तै झापाको दमक नगरपालिका–४ का २३ वर्षीय सुमन धिमाल पनि लागुऔषधसहित पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भद्रपुर नगरपालिका–५ बाट उनलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका धिमालको साथबाट फेनारगन २०, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article