समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बिजुलीतार सर्ट हुँदा आगलागी, ट्रक जलेर नष्ट

ट्रक जलेर नष्ट

काठमाडौं । सडकमा टाँगिएको नांगो तार सर्ट हुँदा आज (आइतबार) साँझ तनहुँमा मालबाहक ट्रक जलेर ध्वस्त भएको छ ।

Advertisement

जिल्लाको व्यास नगरपालिका–१ स्थित चारकुनेतर्फ जाँदै गरेको ट्रक अचानक विद्युत सर्ट हुन जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Advertisement

लु. १ ख ८३६२ नम्बरको सो ट्रकमा रहेको परालसहितको ट्रक जलेर नष्ट भएको छ । घटनाको जानकारी पाएलगत्तै व्यास नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । सांकेतिक तस्बिर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article