स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काठमाडौं फेरि विश्वकै वायु प्रदूषित एक नम्बर शहर बन्यो

काठमाडौं उपत्यकासहितका शहरहरुमा फेरि वायु प्रदूषण बढेको छ। केही दिन सुधार आए पनि फेरि वायु प्रदूषण बढेको हो। सोमबार बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ। काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको छ। जुन स्वास्थ्यका लागि हानिकारक हो।

Advertisement

यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० भन्दामाथि रहेको छ। काठमाडौंमा अहिले बिहान तुवाँले ढाकेको छ। घाम लाग्न सकेको छैन। काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिए।

Advertisement

यसअघि करिब एक सातासम्म तुवाँलोले आकाश ढाकेको थियो। तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको बताइएको महाशाखाले बताएको छ। वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article