समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

गैंडा गणना गर्न गएको टोलीमाथि बाघको आक्रमण, एक जनाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एक कर्मचारीको मृत्यु भएको छ । आइतबार बेलुका ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित राष्ट्रिय निकुञ्ज भित्र गैंडा गणना गर्न गएका बेला निकुञ्जमै कार्यरत एक कर्मचारीको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

Advertisement

उनी हात्ती चढेर गैंडा गणनाको कार्यमा संलग्न रहेका थिए । तर हात्तीबाट भुईँमा झरेका बेला उनलाई बाघले आक्रमण गरेर लिएर गएको बताइएको छ ।

Advertisement

उनको शव घटनास्थल भन्दा केही पर फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article