समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पत्रकार महासंघको निर्वाचनस् विपुल पोखरेल प्यानलको अग्रता कायमै, कस्को कति मत ?

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार सम्मपन्न निर्वाचनको मतगणना जारी छ। यस क्रममा ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मतपरिणाम सार्वजनिक गरिएको छ। जसअनसार गठबन्धनबाट केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेल प्रेस चौतारीबाट प्रतिस्पर्धी निर्मला शर्माभन्दा झन्डै २ हजार मतले अगाडि छन्। पोखरेलले ४ हजार ४ सय ४६ मत ल्याउँदा शर्माले २ हजार ५ सय ३० मत पाएकी छन्।

Advertisement

यस्तै वरिष्ठ उपाध्यक्षका उम्मेदवार रमेश विष्टले ४ हजार २ सय ७३ मत पाउँदा माधव नेपालले २ हजार ४ सय ३० मत ल्याएका छन्। महिला उपाध्यक्षका उम्मेदवार बाला अधिकारीले ४ हजार ६ सय १५ मत प्राप्त गर्दा दाना केसीले २ हजार २ सय ३८ मत ल्याएकी छन्।

Advertisement

समावेशीतर्फ पनि पोखरेल प्यानलकै उम्मेदवार अगाडि छन्। उदय जीएमले ३ हजार ८ सय ९१ मत र अवधेश झाले २ हजार ३ सय ६७ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ।

महासचिवका उम्मेदवार रोशन पुरीले ३ हजार ९ सय ८० मत पाउँदा प्रतिस्पर्धी बालकृष्ण बस्नेतले २ हजार ४ सय ९ मत ल्याएका छन्। खुला सचिवतर्फ गोविन्दप्रसाद चौलागाईले ३ हजार ९ सय १५ प्राप्त गर्दा रामकृष्ण ज्ञवालीले १ हजार ९ सय ३४ मत पाएको निर्वाचन समितिले जनाएको छ।

महिला सचिवतर्फ पनि अहिलेसम्म पोख्रेल प्यानलकै सिर्जना अर्याल अगाडि छिन्। उनले ४ हजार १ सय ५३ मत पाउँदा प्रतिस्पर्धी निमा काफ्लेको २ हजार ६ सय ७ मत ल्याएकी छन्। यसैगरी आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बुले अहिलेसम्म ४ हजार १० मत पाएका छन् भने प्रतिस्पर्धी शाहीमान राईले २ हजार १ सय ७० मत ल्याएका छन्।

सचिव मधेसीतर्फ दीपेन्द्र चौहानले ३ हजार ६ सय ८९ र स्वेता सिन्हाले २ हजार ८ सय ७, दलित सचिवतर्फ हेमकर्ण विकले ३ हजार ९ सय ३३ र मधु शाहीले २ हजार ८ सय ५९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

एसोसिएटतर्फ सचिवमा गठबन्धनका पवन आचार्यले ३ हजार ७ सय ८ मत पाउँदा चौतारीका रामेश्वर कार्कीले १ हजार ८ सय २० मत पाएका छन्। कोषाध्यक्ष उम्मेदवार कलेन्द्र सेजुवालले ३ हजार ७ सय ५८ मतसहित अग्रता लिएका छन् भने प्रतिस्पर्धी कृष्ण गिरीले २ हजार ३८ मत पाएका छन्।

लेखा समिति संयोजकमा गठबन्धनका लेखनाथ न्यौपानेले ३ हजार ६ सय २३ मत पाएका छन् भने द्वारिकाप्रसाद काफ्लेको २ हजार ५८ मत ल्याएका छन्। सदस्यमा पनि प्रेस युनियन र प्रेस संगठनकै उम्मेदवार अगाडि छन्।

यसपालि पत्रकार महासंघको निर्वाचन पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको हो। जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले ९माधव नेपाल पक्ष०, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनको गठबन्धनबाट विपुल पाखरेल, एमालेकै सत्ता पक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीबाट निर्मला शर्मा र स्वतन्त्रबाट गजेन्द्र बुढाथोकी अध्यक्ष पदमा उठेका हुन्।

हेर्नुहोस्, अहिलेसम्मको मतपरिणामः

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article