साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कबिता: लताकुन्ज

-दयानन्द गोस्वामी

Advertisement

दृढ भई लक्ष्य मा पुगुँ भनीकन
एकल यात्रा घनघोर अरण्यमा,

Advertisement

अनकण्टार मा छन् गन्तव्यहरु
निरन्तर हिंडदैछु त्यही आशमा,

विभुको वैभवता को अर्थ बिना
लताकुन्ज वनकल्पित गरीकन,

अथकित मेरा पदहरु छन जहाँ
धुमिल छन सारा छबिहरु त्यहाँ,

सघन त्यो शितल पुन्ज छायाले
अती दावानल मन भित्र रहेपनी,

मनहर अनी स्नेहील दिन्छ माया
सुमन आच्छादित सुदुर पथहरु

गुलाबमय सुवासित त छँदै हुन
तथापि काँडाहरू भरीपुर्ण यहाँ,

चन्चल मन पनी निश्चल भयो है !
विक्षिप्त नहोस अब नी घरीघरी,

शिथिल अनी थकित मेरा पदहरु
ऊर्जा बिहीन निर्बल नै भए सरी,

किन्चित किन्चित बिन्दुहरू जब
मोती झैं तुषारहरू देखियो यहाँ,

मँडारीदै नभमा काला बादलहरु
बर्षीन लाई चारै दिशामा घेरीकन,

आशाको किरण जगमगायो तब
पल्लवित भयो मन धैर्र धरीकन,

स्तब्धमयी जब यो संसार हेर्दछु
छल्की रहन्छन नीरहरू नयनमा,

दृढ भई लक्ष्य मा पुगुँ भनीकन
एक्लो यात्रा घनघोर अरण्यमा।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article