समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सिराहामा गोली प्रहारबाट व्यवसायीको हत्या, दुई जना पक्राउ

सिराहाको लहान नगरपालिका वरियार चोकमा गोली प्रहारबाट एक सुनचाँदी व्यवसायीको हत्या भएको छ।गए राति गोली प्रहारबाट प्रदीप मिजारको हत्या भएको प्रहरीले जानकारी दिएको छ। उनकी श्रीमती घाइते भएकी छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले गोली र खुकुरी प्रहारबाट मिजारको हत्या भएको पुष्टि गरे।गम्भीर घाइते मिजारलाई उपचारका लागि सप्तऋषी अस्पतालमा लगिएको थियो। तर, आइतबार बिहान साढे चार बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मिजारकी श्रीमती अनिता दुलालको सप्तऋषी अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले लहान नगरपालिका–७ का रामकृष्ण चौधरी र लहान नगरपालिका–२३ का सूर्य सहनीलाईपक्राउ गरेको छ। मिजार सुनचाँदी व्यवसायी हुन्। सो समूहले सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article