समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

चितवनमा मजदुर बोकेको ट्र्याक्टर खोलामा खस्दा पाँचको मृत्यु, १९ घाइते

काठमाडौं । राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना. १ त ६३८२ नम्बरको ट्र्याक्टर आज साँझ ७ः३० बजे पुलबाट झण्डै २ सय मिटर तल खसेको हो ।

Advertisement

घाइतेको उद्धार गरी अस्पताल ल्याइएकामध्ये पाँचको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।घाइतेको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article