स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

४० देखि ५९ वर्षकालाई आजबाट चिनियाँ ‘भेरोसेल’ खोप लगाइँदै

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई आजदेखि लगाइँदै छ। ४० वर्षदेखि ५९ वर्षसम्मका सबै नागरिकका साथै यसअघि उमेर र सेवा समूहमा छुटेका तथा फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालकलगायत अत्यावश्यक सेवाका व्यक्तिलाई यो खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले जनाकारी दिए।

Advertisement

यो चरणमा आजदेखि वैशाख ५ गतेसम्म खोप दिन लागिएको हो। यसअघि सरकारले चैत २५ गतेदेखि केही निश्चित सेवा समूहका व्यक्तिलाई खोप दिएको थियो। यो समूहमा शिक्षक, प्राध्यापक, चीनमा अध्ययन तथा व्यापारका लागि जाने व्यक्ति, अन्य देशमा अध्ययनका लागि जाने व्यक्ति तथा होटेल, ट्रेकिङ एवम् फलफूल व्यवसायमा रहेका व्यक्ति समेटिएका थिए।

Advertisement

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, त्यसपछि अग्रपंक्तिमा खटिएर काम गर्ने सञ्चारकर्मीलगायत अत्यावश्यक सेवाका व्यक्तिलाई खोप कार्यक्रम गरेको थियो। अर्को चरणमा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप प्रदान गरिएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article