समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ज्यान मुद्दाका फरार अभियुक्त युएईबाट पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त युएईबाट पक्राउ परेका छन्। तेह्रथुमको आठराई गाउँपालिका – ४ तीनसल्लेका काजीमान पुरीलाई युएईबाट पक्राउ गरिएको हो।

Advertisement

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नका लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो।

Advertisement

उनको खोजी गर्ने क्रममा इन्टरपोल आवुधावी युएईको समन्वयमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई युएईबाट पक्राउ गरेको हो। पक्राउ परेका पुरीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article