साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता :?? नयाँ वर्षको फूलबारी??

राज कुमार कार्की

Advertisement

गयो दुई हजार सतहत्तर साल बोझ बोकाइ।
आयो नयाँ वर्ष दुई हजार अठहत्तर ढोल बजाइ।।

Advertisement

बित्यो सबको पुरानो वर्ष कोरनाकै कहरमा।
आयो नयाँ वर्ष खुसी लिएर सबको घरघरमा।।

गयो है अब त दुई हजार सतहत्तर नै साल।
दुस्खद नै भइ सारा मानव सबको नै हाल।।

आयो नव वर्ष दुई हजार अठहत्तर नै साल।
सुखद नै बनोस् हामी नेपाली सबको हाल।।

सतहत्तर साल जस्तो नै अब त दुस्खद दिन।
कहिल्यै नआवस अब त कतै कसैलाई लिन।।

वसन्त ऋतु झैँ सधै नयाँ -नयाँ पाउला साथ।
अघि बढौ हामी फेरि सब जन मिलाएर हात।।

सम्बन्ध बनोस हाम्रो सधै भाइचारा झैँ साथ।
अघि बढौ नेपाली देश बनाउन मिलाएर हात।।

उदेश्य राखौं है हामी सबले सगरमाथा चुम्ने।
उमंग साथ रहि यो नयाँ वर्षमा संसार घुम्ने ।।

हटोस अब त हामी बिच सबको नै वैरी भाब।
बदलियोस अब त हाम्रो सब खराब स्वभाव ।।

पसिना बगाउ है हामीले यो देश बनाउनलाई।
अघि बढौ नेपाली सब हातमा हात मिलाई।।

जोड्नु पर्छ फेरि हामीले हिमाल पहाड तराई।
एकै आमाका सन्तान हामी छैन कोही पराइ।।

मानव-मानव बिच छ है यहाँ रगतको नाता।
यो देश बनाउन अगाडि बढौ मिलाएर हात।।

महाकाली नै लुटिदा मेचीलाई पनि मुटु दुख्ने।
सगरमाथा झैँ अट्ल नेपाली कहिल्यै नझुक्ने।।

मेची महाकाली बग्दैछ हामी सबको नसामा।
यो देश बनाउ है अब त सब आइ होसमा।।

सगरमाथा बसेको छ हाम्रो छातीमा टल्केर।
भाइ-भाइ नफुटावस अब वैरी आइ पल्केर।।

रङ फरक-फरक भए नि रगत एकै सबकै रातो।
नबसौ अब झगडा गरि यो देश बनाउनकै साटो।।

जुटौं अब नयाँ वर्ष साथ बनाउन फूलबारी।
चार जात छत्तीस वर्णकै बनाउ भुल नगरि।।

?धन्यवाद ?

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article