समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ढुक्क हुनुहोस बजेटबाट फेरि सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा बुधवार बिहान सिंहदरबारबाट देशका नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले महिनाको १०० रुपैयाँबाट शुरू गरिएको भत्ता अहिले दैनिक १०० पुगेको र अब फेरी पनि बढ्ने बताएका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण र राजनीतिक अस्वस्थता देखिए पनि विक्रम संवत २०७७ निरर्थक नभएको बताए । ‘कोरोनाको असर र राजनीतिक अस्वस्थता देखापरे पनि निरर्थक वर्ष रहेन ।

Advertisement

त्यस्तै उनले दशकौं लामो मेलम्चीको सपना पूरा गर्न सकिएको र जसले काठमाडौंका धाराधारामा पानी पुर्‍याएर दशकौं लामो सपना पूरा भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण र राजनीतिक अस्वस्थता देखिए पनि विक्रम संवत २०७७ निरर्थक नभएको बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article