समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ईटहरीमा नहरमा डुबेर दुई बालकको मृत्यु

डेक्स प्रमुख/हल्दिबारी मिडिया -चन्द्रगढी । सुनसरीको इटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा ईटहरी–७ का १४ वर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी रहेका छन्। ​

Advertisement

मंगलबार बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनिहरुलाई स्थानीयसहित खोजी गरिरहेको प्रहरीले फेला पारी उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान लगिएकोमा उपचारको क्रममा भुर्तेलको राति ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Advertisement

घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article