स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काँकडभिट्टा र भद्रपुर नाका सिल

  • डेक्स प्रमुख/ हल्दिबारी मिडिया।
    चन्द्रगढी बैशाख २ / पूर्वी नाका काँकडभिट्टा र भद्रपुर आज (बिहीबार) बिहानैबाट सिल गरिएको छ ।
    भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि सिल गरिएको हो । नाका बिहान ६ बजेबाट सिल गरिएको झापका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
    उनका अनुसार पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।
    आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको हो । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article