हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी हुदै गाईको तस्करी यसरी गरिन्छ ! प्रहरीलाई ३ लाख टोले गुंडालाई प्रति गाई ५ सय

 झापा : हल्दिवारी गाउँपालिका हुँदै गाईको तस्करी दिनदिनै बड्दै गएको छ । तस्बिरमा देखिए झै यहीँबाट दैनिक सयौं गाईलाई प्रहरी र गुंडाहरुको स्कटिङ्ग मा बोडर पार गर्ने गरेको स्थानीयहरु बताउछ्न ।

Advertisement

हल्दिवारी गाउँपालिका स्थित चारकोसे जङ्गल र स्थानीय देउनिया खोलाको उपयोग गर्दै जिल्ला तथा स्थानीय प्रहरी प्रसासनको समेत सहयोगमा गाई – अबैध तस्करी गरि भारत हुदै बङ्गलादेस लैजाने गरेको उनीहरुको भनाई छ।

Advertisement

नेपाल सरकारले समेत प्रतिबन्ध गरेको गाई तस्करी लाई प्रसासनले आर्थिक चलखेलमा लैजान दिएको र यस बापत मासिक यो नाका प्रयोग गरे वापत ३ लाख रुपैयाँको सेटिङ्ग बापत दिनेगरेको एक गाई – गोरु व्यापारीले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छ्न ।

नेपालबाट यसरी लगिएका बुढा गाई – गोरुहरु भारत तथा बङ्ग्लादेस लागि काट्ने गरेको विभिन्न सञ्चारमाध्यमहरुले बेलाबखतमा बताउदै आएपनी नेपालमा झापाकै प्रतिष्ठित राजनैतिक पहुँच बालाहरुको मिलेमतोमा हल्दिवारी ,धुलाबारी ,कचनकवल ,भद्रपुर हुँदै सयौं बुढा गाईहरु मासुकै लागि तस्करी हुँदा समेत आफुलाई हिन्दु हरुको मसिया बताउने हरु चुप रहनु लाई संकाको बिषय बनेको छ । बिस्णुकुमारी घिमिरे

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)