साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता : ए आमा उ आउँछ र !

 राज कुमार कार्की

Advertisement

ए आमा  !
उ आउँछ र  !
तिम्रो त्यो चुच्चे नक्सा
फर्कि आउँछ र !

Advertisement

आउँछ बा
आउँछ आउँछ
उ एक दिन

अवश्य फर्केर आउँछ


लिपुलेक
लिपियाधुरा र
कालापानी
भएर
आउँछ !

आमा
त्यसो भए

कुनामी नभै
सुनामी भर
आउँछ ।

ए आमा
तिम्रो छाती चुसेर
बलत्कार
गर्नेहरू
आज
हालीमुहाली
गर्दैछन्।

ए बा
चिन्ता नगर
उ आउँछ
एक दिन

अवश्य आउँछ।

आमा

कसरी
आउँछ ।
अंश बन्डा जस्तै
टुत्रा टुक्रा
पारेर
जन्म दिनको
केक जस्तै
बनाएर
खाइसके।

ए बा
आउँछ

आउँछ
अबश्य आउँछ
वायु बनेर
घुम्दै आउँछ
नरायण वलि
गरिदेउ

अबस्य
आउँछ
एक दिन
आउँछ ।

ए आमा
उ आउछ र  !
आउँछ
बा
आउँछ

अवश्य
आउँछ  !

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article