हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु

डेक्स प्रमुख/हल्दिबारी मिडिया चन्द्रगढी / प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका-८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको आज मृत्यु भएको हो ।

Advertisement

अभिभावकले आफ्ना बालकलाई पाथीभरा दर्शनका लागि लिएर आएका थिए । देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको र उपचारकै क्रममा बालकको मृत्यु भएको हो ।

Advertisement

जिल्ला अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि शव अभिभावक रामबहादुर लिम्बूलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। विगतमा चिसोका कारण लेक लागेर केही तीर्थयात्रीले ज्यान गुमाएका थिए भने बालकको पनि लेक लागेर नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)