कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता : “कृषिप्रधान हो कि कुर्सी प्रधान”

राज कुमार कार्की

Advertisement

ओहो!हजुर नेपाल पनि कृषिप्रधान देश।
फरक-फरक नीति फरक-फरक नै भेष।।

Advertisement

आहा! सुन्दा गर्वले छाती नै फुल्छ तिनको नाउँ।
नबस अब कन्क्रीटकै शहरमा फर्क आफ्नै गाउँ ठाउँ ।।

किसानले रु पन्ध्रमा बिक्री गरेको गोल्भिंडाको भाउ।
व्यपारीले रु असीमा बिक्रीवितरण गर्दा कहाँ दुख्छ घाउ!

गाउँ शहर बिचको खाल्डो अब कस्ले पुर्छ!
यो देशको शासक बर्ग आजकल किन दिउँसै घुर्छ!

कता गए ती कृषि बिकास नाउँका विभिन्न चरा।
आजकल कुर्सीमै टासिंएको छ रे सिंहदरबार बिचरा !

जोत्दैछन् किसान दाइले हलो बोकेर बिदेशी ऋणकै भारी।
अब त गाउँ नै शहर बन्दैछ रे जमिनकै टुक्राटुक्रा पारि।।

नत छ सिंचाइ मल बीउ बिजनको मात्रा जति अचार।
नत छ सिंहदरबारको दुरदर्शिता नत छ कुनै विचार।

कृषि मन्त्री जू नभएर के भो त सारीमा गोजी।
ईश्वरले चढाउदै छन् रे हजुर भेटी ट्याङ्कीमा खोजीखोजी!!

नर्स हुनुपर्ने मान्छे बने रे देशको कृषि मन्त्री ।
यो मेरो कुरो होइन चिसाघरे कान्छीले पधेरामा भन्थि।।

विदेशीले ऋण दिदैछ्न् किसान दाइका टाउका गनेर।
कस्ले सोचिदेला हजुर गोल्भिंडाको भाउ किन असी भो भनेर।।

कृषिप्रधान देशमा बिदेश बाट खाद्यान्न आयात गर्ने!
कठै बजेट जति सबै सिंहदरबारकै भुडी भर्ने!

कृषिप्रधान देश हो कि कुर्सीप्रधान देश हो हाम्रो!
गमलामा खेती गरेर छमछ्म नाच्दैछन् रे मन्त्री जू क्या राम्रो।।

बजेट जति जान्छ रे कार्पेट गाडी र सारीमा!
बालुवा गिट्टीले भरिसक्यो अब त अन्न फल्ने खेतबारीमा।।

जोत्दैछ्न् किसान दाइले काधमा ऋण बोकेर हलो।
यो कुर्सी बनाउने कुनचाहिं हो त्यसको कहिल्यै नहोस् है भलो।।

भन्थे कृषिप्रधान कहिले पञ्च प्रधान अहिले कुर्सी प्रधान।
कहाँ गए हजुर ती किसानका नाउँका बिदेशी अनुदान।।

तक्दिर भन्दा तस्बिर बलियो देखियो यहाँ।
लाइक कमेन्ट सेयर गरिदिनु होला तपाई भए पनि जहाँ।।

??धन्यवाद।??

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article