डेक्स प्रमुख/हल्दिबारी मिडिया चन्द्रगढी/नेपाल र नेपालीहरूका लागि निकै दुःखद दिनका रुपमा रहेको २०७२ सालमा गएको भूकम्पको आज ६ बर्ष पुरा भएको छ। विसं २०७२ वैशाख १२ गतेको आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको ६ वर्ष पूरा भएको हो।

मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण हजारौ मानिसहरुले ज्यान गुमाएका थिए भने निजी तथा सरकारी गरी लाखौ आवास भत्केका थिए।

भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो। भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो।