स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ। सिद्दिकीको शनिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएको अस्पतालले जनाएको छ। नेपालगञ्ज–३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए।

Advertisement

थापाका अनुसार सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो।

Advertisement

उनलाई मधुमेहको समस्या रहेको डा. थापाले बताए। २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्दिकी संविधान सभामा समानुपातिकतर्फ नेपाली कांग्रेसबाट सभाषद् बनेकी थिइन्। सिद्दिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आएकी थिइन्। भारतबाट अङ्ग्रेजी साहित्यमा स्नातक सिद्दिकीका दुई छोरा र एक छोरीकी छिन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article