हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी गाउँपालिका भित्रका सबै विद्यालय कोरोनाका कारण बैशाख २० सम्म बन्द

हल्दिवारी गाउँपालिका गाउँ शिक्षा समितिको आज बसेको बैठकले कोरोना संक्रमणका कारण यहि बैशाख १४ देखि २० गते सम्म सबै सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

Advertisement

गाउँ शिक्षा समितिले भौतिक उपस्थितमा विद्यालय बन्द गर्ने निर्णय गरेपनि भर्चुअल र बैकल्पिक बिधिबाट मात्र पठनपाठन गर्न निर्देशन दिएको शिक्षा समिति अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले जानकारी दिनु भएको छ

Advertisement

कोरोना संक्रमणले बालबालिका लाई ज्यादै ठुलो असर पुर्याईरहेको यस अबस्थामा आफ्ना नानीहरूलाई घरमै सुरक्षित रूपमा राख्न समेत उपाध्यक्ष गिरिले हल्दिवार ी बासिलाई आह्वान गर्नु भएको छ।

हल्दिवारी गाउँपालिका भित्र गत बर्षमात्र ५० जनामा कोरोना संक्रमण देखिएको थियोे भने २ जनाले ज्यान गुमाएका थिए ।

यहि बैशाखमा कोरोनाले हल्दिवारी गाउँ पालिका भित्रका ४ जनालाई संक्रमण देखिएको छ भने भने बिदेशमा रहेका २० जनालाई संक्रमण देखि सकेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)