काठमाडौं । नेपालमा सोमबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टामा देशभरमा भएको १३ हजार २९३ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । १२ हजार ४०० आरटि पीसीआर परीक्षण र ८९३ एन्टिजेन परीक्षण भएको थियो । यसैगरी एक दिनमा कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ रहेको छ । हालसम्म देशमा कुल तीन हजार १७६ जना संक्रमितको निधन भइसकेको छ । सोहि अवधिमा संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या भने ३७८ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल संक्रमित हुनेको संख्या तीन लाख तीन हजार ५६१ र संक्रमण जित्नेको संख्या दुई लाख ७७ हजार ९५१ रहेको छ । आज काठमाडौंमा एक हजार ५६७ जना, ललितपुरमा २२३ जना र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको छ । यसरी उपत्यकामा एकैदिन एक हजार ९१२ जना कोरोना संक्रमित थपिएका हुन् । हाल क्वारेन्टिनमा ६५ जना रहेका छन् । थपिने संक्रमितमध्ये सबैभन्दा धेरैे २० देखि २९ वर्षसम्मका ८६३ जना र ३० देखि ३९ वर्षभित्रका ८५० जना रहेको छ । हेर्नुहोस् कहाँ, कति संक्रमित ?
समाचार
हल्दिबारी संवाददाता
५ वर्ष अगाडि
नेपालमा सोमबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि ( कहाँ, कति संक्रमित ? )






