साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कबिता : लालायित मन

दयानन्द गोस्वामी
भन्न लाई कती लालायित थिए
मनका व्यथित ती उत्कण्ठाहरु,

Advertisement

अफसोस१ ओठहरु स्तब्ध छन
गुमसुमको पातलो परत ओढेर,

Advertisement

आंँसूले भिजेका मेरा नयनहरु
बयान गर्दै छन् अन्तर भावना,

कती लालित्य पूर्ण,कती सौम्य !
लुप्त छन हृदय भित्र अनुभूतिहरु

आखिर कसले नै पढन सक्छ र ?
ललाटमा अंकित भाग्य रेखाहरु

जे हुन्छ विधाताको विधीले नै
मृत नहुन कसैका आकांक्षाहरु,

ताबूत भित्र रहेको प्राण विहीन
शव पनि मधुर वाणी बोल्छ अरे !

यदि भावनाहरु स्नेहिल छन भने
ढुंगाहरु पनि मिठो गीत गाउँछन,

जब मनमा संकीर्ण कुरा आउँछ
धुमिल हुन्छन सारा ती सपनाहरु,

स्वच्छन्द, मानसको पृष्ठभूमि मा
उद्वेलित भै रहन्छन कल्पनाहरु,

भन्न लाई कती लालायित थिए
मनका व्यथित ती उत्कण्ठाहरू,

अफसोस१ ओठहरु स्तब्ध छन
गुमसुम को पातलो परत ओढेर।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article